काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष कामु प्रधानन्यायाधीश दीपकराज जोशीले सर्वोच्च अदालतको आर्थिक वर्ष २०७३/०७४ को वार्षिक प्रतिवेदन बुझाएका छन् । "/>

सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन पेस : ६२ प्रतिशत मुद्दा फछर्योट

सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन पेस : ६२ प्रतिशत मुद्दा फछर्योट

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष कामु प्रधानन्यायाधीश दीपकराज जोशीले सर्वोच्च अदालतको आर्थिक वर्ष २०७३/०७४ को वार्षिक प्रतिवेदन बुझाएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा कामु प्रधानन्यायाधीश जोशीले राष्ट्रपति भण्डारीसमक्ष बुझाएको प्रतिवेदनमा सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत, राजश्व न्यायाधीकरण, श्रम अदालत र वैदेशिक रोजगार न्यायाधीकरणबाट भएका न्याय सम्पादन सम्बन्धी मुख्य मख्य विवरण छन् ।

सर्वोच्च अदालत मातहतका अदालत तथा न्यायाधीकरणमा गत आवमा दुई लाख ५४ हजार ५२९ थान मुद्दा रहेकामा करीब एक लाख ५७ हजार (६१.८८ प्रतिशत) मुद्दा फछ्र्योट भएको छ । बाँकी ९७ हजार ३४ थान मुद्दा भएको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो आवमा दुई लाख सात हजार ३६१ थान मुद्दा भएकामा एक लाख १८ हजार २५१ (५७.०३ प्रतिशत) मुद्दा फछ्र्यौट गरेको थियो । गत वर्ष आवको तुलनामा यस आवमा ४.८५ प्रतिशत मुद्दा बढी फछ्र्यौट भएको छ ।

नेपालको संविधानको धारा १३८ बमोजिम अनुसार सर्वोच्च अदालतले प्रत्येक वर्ष आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ, महान्यायाधिवक्ता अग्निप्रसाद खरेल लगायतको उपस्थिति थियो ।
रासस

Skip This
Skip This
Logo