काठमाडाैं । सर्वाधिक लोकप्रिय गायक राजेशपायल राई (राई इज किङ) यतिबेला सांगीतिक यात्राको सिलसिलामा जर्मनी पुगेका छन्।
नेपालका विभिन्न जिल्लाहरू (इलाम, झापा, उदयपुर, धनकुटा, सोलुखुम्बु) र विदेशका डलास (अमेरिका) तथा बहराइनका कार्यक्रमहरू सफलताका साथ सम्पन्न गरी गायक राई जर्मनी पुगेका हुन्। गायक राई आज मात्रै जर्मनीको फ्रान्कफर्ट अवतरण गरेका हुन्।

विमानस्थलमा ओर्लनासाथ उनलाई तमु समाज जर्मनी, फ्रान्कफर्टका अध्यक्ष जेसन गुरुङ लगायत पदाधिकारीले भव्य स्वागत गरेका थिए। उनलाई खादा र माला पहिराएर सम्मान प्रकट गरिएको थियो।

आगामी जनवरी ३ तारिखका दिन जर्मनीको फ्रान्कफर्टमा विशाल सांगीतिक कार्यक्रम आयोजना हुनेछ। फ्रान्कफर्टको कार्यक्रमपछि उनी युरोपका विभिन्न देशहरू (पोर्चुगल, रोमानिया, क्रोएसिया, नर्वे, डेनमार्क, ग्रिस लगायत)मा आयोजना हुने सांगीतिक समारोहहरूमा सहभागी हुनेछन्। आफ्ना सदाबहार हिट गीतहरूका साथ उनी फेरि एकपटक प्रवासी नेपालीहरूलाई झुमाउन तयार देखिएका छन्।































प्रतिक्रिया