काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न भारत भ्रमणमा नेपालीको शिर निहुरिने कुनै काम नगर्ने जनाएका छन् । आफ्नो भारत भ्रमणबारे सदनमा उनले देशको शिर निहुरिने गरी कुनै सम्झौता नगर्ने बताएका हुन् । ‘मेरो प्राथमिकता नयाँ सम्झौताको चाङ लगाउने होइन, यस अघि भएका सम्झौता कार्यान्वयन र आपसी सम्बन्धलाई फलदायी बनाउनेमा केन्द्रित हुनेछ,’ प्रधानमन्त्री ओलीले संसदमा भने, भारतसँग रेलमार्ग र जलमार्गको कुरा गर्ने योजना बनेको छ ।’
त्यसका साथै भूकम्पबाट ध्वस्त संरचना पुनर्निर्माणमा भारतले यस अघि गरेको सहयोग घोषणा कार्यान्वयनमा प्रधानमन्त्रीले जोड दिने जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीले संसद्लाई जानकारी गराउँदै आफूले भारतका तर्फबाट विगतमा भएका प्रतिबद्धताहरू कार्यान्वयनमा ल्याउने विषयमा विशेष जोड दिने बताए । यसका साथै भ्रमण नेपाल–भारत बीचको सम्बन्धलाई समान हैसियतको बनाउने र नयाँ उचाइमा पु¥याउने उद्देश्य रहेको उनले जानकारी गराए । संसदमा विशेष सम्बोधन गर्दै उनले आफ्नो भारत भ्रमणमा नयाँ सन्धि सम्झौता प्राथमिकतामा नरहेको बताए ।
यसपटक पनि नयाँ सम्झौताहरूको चाङ लगाउने वा गिन्ती बढाउने पक्षमा आफू नरहेको बताउँदै उनले भने, ‘सम्बन्धलाई यथार्थ रूपमा फलदायी बनाउने, भएका पुराना सम्झौतालाई कसरी प्रभावकारी बनाउने र कार्यान्वयन गर्ने भन्नेमा केन्द्रित हुनेछु ।’
राजधानीबाट





























प्रतिक्रिया