ललितपुर

बागमती किनारमा अवैध रुपमा सञ्चालन हुँदै आएको बालुवाखानी बन्द गर्न सोमबार गोदावरी नगरपालिकाले जिल्ला प्रशासन कार्यालय ललितपुर र जिल्ला समन्वय समितिलाई पत्र काटेको छ । "/>

अवैध खानी बन्द गर्न गोदावरी नगरपालिकाको जिल्ला प्रशासनलाई पत्र

अवैध खानी बन्द गर्न गोदावरी नगरपालिकाको जिल्ला प्रशासनलाई पत्र

केन्द्रबिन्दु
0
Shares

ललितपुर

बागमती किनारमा अवैध रुपमा सञ्चालन हुँदै आएको बालुवाखानी बन्द गर्न सोमबार गोदावरी नगरपालिकाले जिल्ला प्रशासन कार्यालय ललितपुर र जिल्ला समन्वय समितिलाई पत्र काटेको छ । लामो समय देखि अनुमतिबिना खानी सञ्चालन भएको खुलासा भएपछि नगरपालिकाले बन्द गराउन पत्र काटेको हो ।

जिल्ला प्रशासन कार्यालयले बैठक बसेर खानी बन्द गर्न नगरपालिकाको ध्यानाकर्षण गराएकोे थियो । जिल्ला प्रशासन कार्यालयले ‘साइनिङ बालुवा वासिङ सेन्टर’ बन्द गराउन मौखिक निर्देशन दिए लगत्तै मेयर गजेन्द्र महर्जनले दर्ता प्रक्रिया अघि बढिसकेको बताएका थिए । उनले सबै प्रक्रिया पूरा भएकाले दर्ता नरोकिने बताएका थिए । सोही अनुसार खानी बन्द गराउन पत्राचार गरेको महर्जनले बताए । उक्त पत्रको चलानी नम्बर ३१६९ हो । ‘खानी सञ्चालकको ठूलै बदमासी रहेछ,’ महर्जनले भने, ‘त्यसबारे धेरै जानकारी पाएपछि दर्ता प्रक्रियामा रहेको खानी बन्द गर्न हामीले पत्र काटिसकेका छौं।

मंगलबार देखि नै उक्त खानी बन्द हुनुपर्छ ।’ उनले गोदावरी नगरपालिका भित्र २६ वटा क्रसर उद्योग र ढुंगाखानी दर्ता भएको जानकारी दिए । ‘यहाँ कुनै पनि बालुवाखानी दर्ता भएका छैनन्,’ उनले भने, ‘भएका जत्ति सबै अवैध हुन्, थाहा हुने बित्तिकै हामीले बन्द गराउन पहल गर्नेछौं।’

नागरिकबाट

Skip This
Skip This
Logo