मासिक ६ हजार किस्तामै एथर इलेक्ट्रिक स्कुटर पाइने

मासिक ६ हजार किस्तामै एथर इलेक्ट्रिक स्कुटर पाइने

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । इलेक्ट्रिक स्कुटर ब्रान्ड एथरले स्कुटर खरिद गर्न चाहने ग्राहकका लागि सजिलो फाइनान्स योजना ल्याएको छ । यसअन्तर्गत ग्राहकले झन्झटिलो कागजी प्रक्रिया बिना नै केवल मान्य परिचयपत्रको आधारमा एथर स्कुटर खरिद गर्न सक्ने भएका छन् ।

मासिक ६ हजार ५८ रुपैयाँबाट सुरु हुने मासिक किस्तामा ग्राहकले एथरको प्रिमियम इलेक्ट्रिक स्कुटर आफ्नो बनाउन सक्ने कम्पनीको भनाइ छ । कुनै पनि अतिरिक्त वित्तीय कागजात आवश्यक नपर्ने यस योजनाले इलेक्ट्रिक सवारी साधनको स्वामित्वमा देखिने सामान्य अवरोधहरू हटाउँदै देशभर स्मार्ट र दिगो मोबिलिटीलाई प्रोत्साहन गर्ने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।

कम्पनीले हाल काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, पोखरा, इटहरी र बुटवल गरी आठ ओटा ‘एथर एक्सपेरियन्स सेन्टर’ र काठमाडौंको बौद्धमा एउटा ‘टेस्ट राइड जोन’ सञ्चालनमा ल्याएको छ ।

साथै, आठ ओटा आधिकारिक सेवा केन्द्र र प्रमुख सहर तथा राजमार्गहरूमा २७ भन्दा बढी ‘एथर ग्रिड’ फास्ट चार्जिङ पोइन्टहरू स्थापना भइसकेको कम्पनीले जानकारी दिएको छ ।

प्रविधि, प्रदर्शन र ग्राहक अनुभवमा बलियो ध्यान दिँदै एथरले नेपालमा इलेक्ट्रिक दुईपाङ्ग्रे बजारको नेतृत्व गर्दै आएको छ।

Logo