काठमाडौं। नेपाली कांग्रेसमा नियमित महाधिवेशन असम्भव बनेपछि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशन बोलाउने निष्कर्षमा पुगेका छन्।
विशेष महाधिवेशन पुस २७–२९ मा भृकुटीमण्डपमा आयोजना हुने तयारी भइरहेको छ। महामन्त्रीहरूले सभापति शेरबहादुर देउवालाई पत्र लेखेर आह्वान गर्न अनुरोध गर्नेछन्; सभापतिले नबोलाए काँग्रेसको विधान अनुसार महामन्त्रीहरूले आफैं बैठक बोलाउन सक्ने अधिकार रहेको छ ।
हालसम्म २४८८ प्रतिनिधिको लिखित माग प्राप्त भएको छ र संख्या बढ्ने अपेक्षा काँग्रेसमा रहेको छ । नियमित महाधिवेशन नहुँदा पार्टीभित्रको अन्योल र चुनावी आकांक्षीहरूको चासो विशेष महाधिवेशनमा केन्द्रित भएको हो।
पार्टी विधानको दफा १७ (२) अनुसार केन्द्रीय कार्यालयले विशेष महाधिवेशनको माग सम्बोधन गर्ने जिम्मेवारी राख्छ । कार्यविधि महाधिवेशन हलले तयार गर्ने प्रावधान रहेको छ ।
संस्थापन पक्ष र अन्य पक्षबीच मतभेद भए पनि महामन्त्रीहरूले सर्वसम्मतिमा अगाडि बढाउने योजना बनाइरहेका छन्।































प्रतिक्रिया