सत्ता केन्द्रित राजनीति र प्रतिशोधको खतरा बढेको छ : गोकुल बास्कोटा

सत्ता केन्द्रित राजनीति र प्रतिशोधको खतरा बढेको छ : गोकुल बास्कोटा

केन्द्रबिन्दु
39
Shares

काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपालमा प्रतिशोधको राजनीतिले गम्भीर संकट उत्पन्न गरेको बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले लेखेका छन् कि लामो समयदेखि चल्दै आएको पाकिस्तानी मोडेल र हालसालै जरा गाड्दै आएको बङ्गलादेशी मोडेलको प्रतिशोधी राजनीति अब नेपाली राजनीतिको सतहमा देखिन थालेको छ।

बास्कोटाले भने, “अति सत्ता केन्द्रित राजनीतिले सैद्धान्तिक जग गुमाएको परिणाम हो। यदि घृणाको सीमारेखा काटेर हिंस्रक बाटो समाइन्छ भने स्थिति विकराल बन्न सक्छ। त्यसैले देशलाई त्यस बाटोमा जान दिनु हुँदैन।”

उनले यसरी व्यक्तिगत बदला र द्वन्द्वमा आधारित राजनीति अपनाउँदा लोकतन्त्र र राष्ट्रिय स्थिरता जोखिममा पर्ने चेतावनी दिएका छन्। बास्कोटाले सबै राजनीतिक दलहरूलाई सयन्त्रक, समावेशी र सैद्धान्तिक दृष्टि अपनाउनुपर्ने जोड दिएका छन्।

Skip This
Skip This
Logo