ललितपुर

विवादास्पद ‘फास्ट ट्र्याक’ निर्माण आन्दोलनमा सहभागी हुन विश्वका १६ मुलुकमा बस्ने नेवार समुदायका प्रतिनिधि खोकनाको सिकालीमा आइतबार जम्मा भएका छन् । "/>

फास्ट ट्र्याक निर्माण आन्दोलनमा यूएन र आईएलओका कर्मचारी पनि

फास्ट ट्र्याक निर्माण आन्दोलनमा यूएन र आईएलओका कर्मचारी पनि

केन्द्रबिन्दु
0
Shares

ललितपुर

विवादास्पद ‘फास्ट ट्र्याक’ निर्माण आन्दोलनमा सहभागी हुन विश्वका १६ मुलुकमा बस्ने नेवार समुदायका प्रतिनिधि खोकनाको सिकालीमा आइतबार जम्मा भएका छन् । विश्व नेवाः संगठनमा आबद्ध नेवार समुदायका अभियन्ताहरू आन्दोलनमा ऐक्यबद्धता जनाउन यहाँ आइ पुगेका हुन् ।

आन्दोलनमा सहभागिता जनाउन यूएन र आईएलओमा कार्यरत स्थानीय नेवार समुदायका व्यक्ति समेत आएका छन् । खोकना जनसरोकार समितिका अध्यक्ष नेपाल डंगोलले विश्वका १६ मुलुकमा बसोबास गर्दै आएका नेवार समुदायका प्रतिनिधि सिकालीमा जम्मा भएको बताए ।

फास्ट ट्र्याकका कारण वातावरणीय प्रभाव, सांस्कृतिक सम्पदा एवं जनजीवनमा गम्भीर प्रभाव पर्ने भन्दै स्थानीय बासिन्दा आन्दोलित छन् । उनीहरूले दीर्घकालीन असर पार्ने खालको निर्णय नगर्न सरकारसँग आग्रह समेत गरेका छन् । ‘यस आन्दोलनमा आईएलओ तथा यूएनमा काम गर्ने नेवार समुदायका साथीहरू समर्थनका लागि आएका छन्,’ डंगोलले भने ।

खोकना जनसरोकार समिति तथा खोकना सांस्कृतिक पुनर्जागरण समितिको संयुक्त आयोजनामा विरोध कार्यक्रम भइरहेको छ । यता नेपाली सेनाले फास्ट ट्र्याकका लागि अस्थायी क्याम्प खडा गरेर बसेको छ । डंगोलका अनुसार खोकनाको सात हजार रोपनी जग्गा मध्ये पाँच हजार रोपनी ‘फास्ट ट्र्याक’ मा पर्ने देखिएको छ ।
अन्नपूर्णबाट

Logo