कांग्रेसकाे नियमित महाधिवेशन वैशाख २८-३१ गतेसम्म गर्ने प्रस्ताव पारित

कांग्रेसकाे नियमित महाधिवेशन वैशाख २८-३१ गतेसम्म गर्ने प्रस्ताव पारित

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशन वैशाखको अन्तिम साता गर्ने भएको छ ।

आज सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेको उक्त प्रस्ताव पारित भएको हो । योसँगै विशेष महाधिवेशनको च्याप्टर क्लोज भएको छ ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले यही पुस २६-२८ सम्मको महाधिवेशन तालिका प्रभावित भइसकेपछि विशेष महाधिवेशनको तयारी गरेका थिए । तर महामन्त्रीहरू विशेषको तयारीमा जुटेपछि कार्यवाहक सभापति खड्काले नयाँ प्रस्ताव पेस गर्दै काउन्टर दिएका हुन् ।

यो कार्यतालिका अनुसार चैत २१ गतेदेखि नै अधिवेशन प्रारम्भ हुने छ । कार्यतालिकाअनुसार आगामी चैत २१ गते गाउँ नगर अधिवेशन तय गरिएको छ। त्यस्तै, चैत २५ गते गाउँ नगरपालिका अधिवेशन हुनेछ। चैत २८ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन तय गरिएको छ भने वैशाख २ गते एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र र वैशाख ५ गते दुई वा त्यसभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन हुनेछ।

आगामी वैशाख १० देखि १२ गतेसम्म प्रदेश अधिवेशन गर्ने र वैशाख मसान्तभित्र केन्द्रीय अधिवेशन गर्ने कार्यतालिकामा उल्लेख छ।

Logo