काठमाडौं । सामाजिक दबाब र पार्टीभित्रको असन्तुष्टिका बीच कलाकार आसिफ शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिक उम्मेदवारी फिर्ता लिएका छन्। उनले सामाजिक सञ्जालमार्फत् जनभावनाको सम्मान गर्दै आफूले उठाएको उम्मेदवारी फिर्ता लिएको घोषणा गरे र समानुपातिक सूचीमा रहेका अन्य उम्मेदवारलाई पनि आ–आफ्नो नाम फिर्ता लिन आग्रह गरेका छन्। शाहले भने, “देश निर्माणका लागि जुनसुकै पदमा भए पनि योगदान दिन तयार छु, तर जनता र पार्टीका साथीहरूको भावनामा चोट पु¥याएर समानुपातिक सूचीमार्फत् सांसद बन्ने बाटो म रोज्न सक्दिनँ।”
उनी अब काठमाडौं–५ बाट प्रत्यक्ष उम्मेदवारी दिने तयारीमा छन्। शाहको निर्णयले रास्वपा भित्र समानुपातिक प्रणालीको उद्देश्य र उम्मेदवार छनोट प्रक्रियामा नयाँ बहस सुरु भएको छ ।





























प्रतिक्रिया