रास्वपामा समानुपातिक उम्मेदवारी फिर्ता लिनेको लर्को,एकपछि अर्का नेताले गरे फिर्ताको घोषणा

रास्वपामा समानुपातिक उम्मेदवारी फिर्ता लिनेको लर्को,एकपछि अर्का नेताले गरे फिर्ताको घोषणा

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा एक पछि अर्का नेताले समानुपातिक उम्मेदवारी फिर्ता लिएका छन् । आसिफ शाह सँगै समानुपातिक उम्मेदवारबाट सचिन ढकालले पार्टीको बन्दसूचीमा आफ्नो नाम फिर्ता लिने निर्णय गरेका छन्।

ढकालले सामाजिक सञ्जालमार्फत् आफ्नो उम्मेदवारी फिर्ता लिने घोषणा गरेका हुन्। उनले जनताको भावना र पार्टीको आन्तरिक निर्णयको सम्मान गर्दै यो कदम उठाएको उल्लेख गरेका छन्। रास्वपा भित्र यस कदमलाई विभिन्न दृष्टिकोणबाट हेरिएको छ। कतिपय विश्लेषकले ढकालको निर्णयलाई पार्टीभित्रको स्थिरता र एकतालाई कायम राख्ने प्रयासका रुपमा मूल्यांकन गरेका छन्।

पार्टीको बन्दसूचीमा रहेका अन्य उम्मेदवारहरू र स्थापनाकर्ताहरूले पनि यस निर्णयप्रति प्रतिक्रिया व्यक्त गरेका छन्।

यस्तै तृसला गुरुङ, महेन्द्र लावती र तासी शेर्पा ले पनि उम्मेदवारी फिर्ताको घोषणा गरेका छन् ।

Skip This
Skip This
Logo