शिक्षाविना मुलुकमा समृद्धि पाउन सम्भव छैनः सभामुख यादव

शिक्षाविना मुलुकमा समृद्धि पाउन सम्भव छैनः सभामुख यादव

केन्द्रबिन्दु
18
Shares

महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशका सभामुख रामअशिष यादवले शिक्षाविना मुलुकमा समृद्धि पाउन सम्भव नभएकाले शिक्षाको दिगो र प्रभावकारी विकासमा जोड दिन सरोकार भएका सबैलाई आग्रह गरेका छन् ।

आज जनकपुरधामस्थित हिमाली अङ्ग्रेजी बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेसको शिक्षाको अवस्था अत्यन्त कमजोर रहेकाले सबैको सहकार्य र समन्वयबाट सुधार गर्दै समयसापेक्ष बनाउनुपर्नेमा जोड दिए ।

सभामुख यादवले मधेस प्रदेशको शिक्षामा गुणस्तरीयता कायम गर्न र सबै वर्गका बालबालिकामा पहुँच पुर्याउनका लागि तीनै तहका सरकारले विशेष प्राथमिकता दिनुपर्ने धारणा राखे । उनले प्रदेशको आर्थिक, समाजिक र सांस्कृतिक क्षेत्रको विकासका लागि अनुशासनसहित शिक्षा आवश्यक रहेको उल्लेख गर्दै हरेक अभिभावकले आ–आफ्नो बालबालिकालाई नैतिकवान् र चरित्रवान् बनाउनुपर्ने विचार व्यक्त गरे ।

Logo