काठमाडौँ। भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकी सेनाले न्यूयोर्क ल्याएको छ। उनीहरूलाई हाल ब्रुकलिनस्थित मेट्रोपोलिटन डिटेन्सन सेन्टरमा राखिएको छ ।
अमेरिकी सुरक्षास्रोतका अनुसार न्यूयोर्क राज्यस्थित स्टिवार्ट एयर नेशनल गार्ड बेसमा अवतरण गराइएपछि मदुरो दम्पतीलाई हेलिकोप्टरमार्फत म्यानहट्टनस्थित डीईए (ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेसन) को कार्यालय लगिएको थियो। त्यसपछि आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई ब्रुकलिनको हिरासत केन्द्रमा सारिएको हो।
यसअघि अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले मदुरोको आँखामा पट्टी बाँधिएको तस्बिर सार्वजनिक गरेका थिए। उक्त तस्बिर सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय स्तरमा व्यापक चर्चा र प्रतिक्रिया उत्पन्न भएको थियो। अमेरिकी सञ्चारमाध्यमका अनुसार मदुरोलाई ‘इवो जिमा’ नामक अमेरिकी युद्धपोतमार्फत न्यूयोर्कतर्फ ल्याइएको थियो।
मदुरोमाथि लागेका आरोप, अमेरिकी कदमको कानुनी आधार तथा यसले भेनेजुएला–अमेरिका सम्बन्धमा पार्ने असरबारे थप विवरण आउन बाँकी छ। घटनाक्रमले अन्तर्राष्ट्रिय कूटनीतिमा नयाँ तरंग सिर्जना गरेको विश्लेषकहरूको भनाइ छ ।































प्रतिक्रिया