रास्वपाको एकता घोषणासभा सोमबार हुँदै , नयाँ राजनीतिक ध्रुवीकरणको संकेत

रास्वपाको एकता घोषणासभा सोमबार हुँदै , नयाँ राजनीतिक ध्रुवीकरणको संकेत

केन्द्रबिन्दु
33
Shares

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार काठमाडौँमा बृहत्तर एकता घोषणा सभा आयोजना गर्दैछ । काठमाडौँका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीसँग भएको सहमतिलाई औपचारिक रूप दिने यस सभालाई समकालीन राजनीतिमा नयाँ ध्रुवीकरणको संकेतका रूपमा हेरिएको छ ।

रास्वपाले आइतबार जारी गरेको विज्ञप्तिअनुसार सोमबार दिउँसो १ बजे राष्ट्रियसभा गृहमा एकता औपचारिक रूपमा घोषणा गरिनेछ। यसअघि पुस १३ र १४ गते भएको छलफलपछि रास्वपाले बालेन शाह र उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति जनाएको थियो।

पार्टीका अनुसार घोषणासभामार्फत केवल संगठनात्मक एकता मात्र होइन, आगामी दिनमा अपनाइने राजनीतिक कार्यदिशा, प्राथमिकता र साझा एजेन्डाबारे पनि स्पष्ट पारिनेछ। सभामा पार्टी नेतृत्व, निर्वाचित जनप्रतिनिधि, समर्थक र शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार रास्वपा नेतृत्वमा हुने यो एकताले वैकल्पिक राजनीतिक शक्तिहरूलाई एउटै प्लेटफर्ममा ल्याउने प्रयासको संकेत गर्दछ। यसले आगामी निर्वाचन र समकालीन राजनीतिक बहसमा नयाँ प्रभाव पार्न सक्ने अनुमान गरिएको छ ।

Skip This
Skip This
Logo