इक्यानको केन्द्रीय कोषाध्यक्षमा उमा खड्का पाठकको उम्मेदवारी, आर्थिक पारदर्शिता मुख्य एजेण्डा

इक्यानको केन्द्रीय कोषाध्यक्षमा उमा खड्का पाठकको उम्मेदवारी, आर्थिक पारदर्शिता मुख्य एजेण्डा

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को केन्द्रीय निर्वाचनका लागि उमा खड्का पाठकले केन्द्रीय कोषाध्यक्ष पदमा आफ्नो औपचारिक उम्मेदवारी घोषणा गरेकी छन्।

हाल इक्यानको केन्द्रीय कार्यसमिति सदस्यका रूपमा कार्यरत पाठकले आगामी कार्यकालका लागि नेतृत्व तहमा थप जिम्मेवारी लिने उद्देश्यका साथ कोषाध्यक्ष पदमा दाबेदारी प्रस्तुत गरेकी हुन्। इक्यानकाे अधिवेशन यही पुस २८ गते हुँदैछ ।

शैक्षिक परामर्श क्षेत्रमा लामो अनुभव र संस्थागत लगाव भएकी पाठकले इक्यानलाई थप व्यवस्थित र मर्यादित बनाउने अभियानमा आफू होमिएको बताएकी छन्।

उनले कोषाध्यक्ष पदमा रहँदा संस्थाको आम्दानी र खर्चलाई नियमित तथा स्पष्ट रूपमा सदस्यहरूमाझ सार्वजनिक गर्ने, आर्थिक निर्णयहरूलाई नीतिगत र दीर्घकालीन सोचमा आधारित बनाउने, संघलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन नयाँ स्रोतहरूको पहिचान गर्नेलगायत एजेण्डा अघि सारेकी छन् । सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई संस्थागत गर्दै इक्यानलाई केवल आर्थिक रूपमा मात्र नभई, विश्वसनीय र अनुशासित संस्थाका रूपमा स्थापित गर्ने उनकाे याेजना छ ।

Logo