काठमाडौं । लक्ष्मण पौडेल (एन्ड्र्यु) यतिबेला इक्यानको चुनावी मैदानमा कम्मर कसेर दृढ मनोबल र उत्साहका साथ होमिएका छन् । इक्यान अर्थात् नेपाल शैक्षिक परामर्श व्यवसायी संघ नेपालको २० औं साधारणसभा यहि पौष २८ गते आयोजना हुँदैछ । इक्यानको उक्त साधारणसभाले चयन गर्ने नयाँ अध्यक्षको दावेदारका रुपमा एन्ड्र्युले आफूलाई प्रस्तुत गरेका हुन् ।
यसअघिको साधारणसभामा लोकप्रिय मतका साथ प्रथम उपाध्यक्षमा विजय हासिल गरेका एन्ड्«यु यसपटक व्यवसायीक सहकर्मीहरुकै सहयोग र साथका कारण अध्यक्षको उम्मेदवार बनेको सगौरव बताउँछन् । यस कार्यकालमा प्रथम उपाध्यक्षको नेतृत्वदायी भूमिकामा दर्जनौं सफल काम गरेको आधारमै स्वभाविक हिसाबले उनी अध्यक्षको लागि अघि सरेका हुन् । शैक्षिक परामर्श व्यवसायीहरुको सबैभन्दा ठूलो छाता संगठनको ऐतिहासिक विरासतलाई थप उजिल्याउन एन्ड्र्युले सशक्त इक्यानको नारासहित आफूलाई अघि सारेका छन् ।
‘एजेण्डा सहित एन्ड्र्यु’ उनले प्रस्तुत गरेको यो शीर्षकले उनी अध्यक्ष बनेपछि इक्यानलाई गतिशिल छाता संगठन बनाउन कसरी लाग्छन् भन्ने पुष्टी हुन्छ । विकृति र चरम राजनीतिका कारण थिलथिलो बनेको इक्यानलाई उनले कर्पोरेट कल्चरमा प्रवेश गराउँदै यस संस्थामा आवद्ध सदस्यहरुलाई पनि व्यवसायिक बनाउने अभिभारा सहितको एजेण्डा प्रस्तुत गरेका छन् । इक्यानका सदस्यहरुलाई समयानूकुल अपडेट बनाउने, उनीहरुलाई मर्यादित र अनुशाशित बनाएर यो पेशालाई इज्जतिलो बनाउने उनको महत्वाकांक्षी योजना छ ।
अघिल्लो कार्यकालमा प्रथम उपाध्यक्षको नेतृत्वदायी भूमिकामा दर्जनौं सफल काम गरेको आधारमै स्वभाविक हिसाबले उनी अध्यक्षको लागि अघि सरेका हुन् ।
नेपालको शैक्षिक परामर्श व्यवसायको क्षेत्रमा लिडिङ रोलमा रहेको ग्रेस इन्टरनेसनलका सहसंस्थापक एवं निर्देशक एन्ड्र्यु भन्छन्– ‘इक्यान र इक्यानमा आवद्ध साथीहरुका लागि गर्नुपर्ने कामहरु थुप्रै रहेछन्, तर ति विषयमा अहिलेसम्म इक्यानमा बस्नेहरु केन्द्रित हुन सकिरहेका छन् । सफल व्यवसायिक संस्थाहरुको ठुलो छाता संगठन झन शक्तिशाली र नेतृत्वदायी हुनपर्छ भन्ने मेरो मान्यता हो ।’
ग्रेसलाई देश विदेशमा सफल बनाइसकेपछि इक्यानका लागि थप महत्वपूर्ण २ वर्ष मूल नेतृत्वमा रहेर योगदान दिनुपर्ने साथीहरुको आग्रहपछि उनी निर्वाचनमा अघि सरेका हुन् । दुईदशक भन्दा बढीको व्यवसायिक अनुभवलाई उनी इक्यानमा खर्चिन चाहन्छन् । भन्छन्– ‘इक्यानमा वर्षौ राजनीति गरेर बस्ने फुर्सद छैन् मलाई । इक्यानलाई कर्पोरेट संस्कृतिमा ढालेर यो संस्थामार्फत सदस्य संस्थाहरुलाई इज्जतिलो वातावरणमा काम गर्ने स्थितीमा पुर्याउन मैले अध्यक्ष बन्नुपर्ने देखेको छु ।’
इक्यानमा प्रवेश गरेका र गर्ने नवप्रवेशीहरु मात्र होइन, यसबाट बाहिरिएकाहरुलाई पनि इक्यान भित्र समेट्ने एन्ड्र्युको लक्ष्य छ ।
साथीहरु समेटेर अघि बढ्ने एन्ड्र्युको चाहना
व्यवसायिक संस्थाहरुको छाता संगठन भएकाले इक्यानलाई मजबुत बनाउन सबैको भूमिका हुनुपर्ने एन्ड्र्युको तर्क छ । उनीसँग यस्ता थुप्रै योजना छन्, जसले इक्यानलाई ‘सबैको इक्यान’ बनाउँछ । इक्यानमा प्रवेश गरेका र गर्ने नवप्रवेशीहरु मात्र होइन्, यसबाट बाहिरिएकाहरुलाई पनि इक्यान भित्र समेट्ने उनको लक्ष्य छ ।
पूर्वअध्यक्षहरु र विगतका साधारणसभाहरुबाट बाहिरिएका निष्क्रिय व्यक्तित्वहरुलाई समेटेर इक्यानको आफ्नै भवन सहितको संस्थागत व्यवसायिक छाता संगठन बनाउन उनले पहल गर्नेछन् । यति मात्र होइन, अहिलेको साधारणसभामा विभिन्न एजेण्डा सहित उम्मेदवारी दिएर अघि बढेका सबै उम्मेद्वारलाई संगठनभित्र अपनत्व अनूभुती गराउँदै यसभित्र सामेल गराउने उनको उद्देश्य छ ।
पूर्वअध्यक्षहरु र विगतका साधारणसभाहरुबाट बाहिरिएका निष्क्रिय व्यक्तित्वहरुलाई समेटेर इक्यानको आफ्नै भवन सहितको संस्थागत व्यवसायिक छाता संगठन बनाउन उनले पहल गर्नेछन् ।
एन्ड्र्यु भन्छन्– ‘इक्यानको निर्वाचनमा जुनसुकै समूहबाट उम्मेदवारी दिएपनि उहाँहरुले विगतमा इक्यानका लागि गरेको योगदानको कदर गर्दै उहाँहरुलाई समेटेर समग्र र ससक्त इक्यान बनाउन कडा मेहनत गर्ने हो ।’ वर्तमान कार्यसमितिका योग्य साथीहरु जसले निर्वाचन जितेर आएपनि ति साथीहरुसँग मिलेर इक्यानको गौरवमय इतिहास लेख्न आफू तयार रहेको उनको भनाई छ ।





























प्रतिक्रिया