काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को २०औँ साधारण सभा अन्तर्गत हुने केन्द्रीय निर्वाचनका लागि बासुदेव दाहालले केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
प्राञ्जल एजुकेशनका सञ्चालकसमेत रहेका दाहालले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
शैक्षिक परामर्श क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका दाहाल इक्यानका गतिविधिसँग जोडिदै आएका छन्। इक्यानलाई अझ व्यवस्थित, सक्षम र सदस्य केन्द्रित संस्था बनाउने उद्देश्यसहित नेतृत्वमा योगदान पुर्याउने उनको चाहना छ ।
उनी प्रकाश पाण्डे नेतृत्वको इक्यानको कार्यकालमा केन्द्रीय सचिव थिए। अघिल्लो निर्वाचनमा विष्णुहरी पाण्डे प्यानलबाट महासचिवका उम्मेद्वार भएका दाहाल अहिलेका अध्यक्षका प्रत्यासी दीपकराज भुषालसँग पराजित भएका थिए। तर आगामी निर्वाचनलाई लक्षित गर्दै केन्द्रीय उपाध्यक्ष पदका उम्मेदवार दाहालले सम्पूर्ण इक्यान सदस्यहरूबाट साथ, सुझाव र विश्वासको अपेक्षा गरेका छन्।
शैक्षिक परामर्श क्षेत्र र सरकारबीचको समन्वयात्मक सम्बन्धमा सुदृढीकरणसँगै प्रभावकारी परामर्शसँगै संस्थाका सदस्यहरूको सर्वोपरि हितका निम्ति आफू प्रतिबद्ध रहेको उनी बताउँछन् ।





























प्रतिक्रिया