काठमाडौं । नेपालमा आयोजना हुन लागेको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफायर का लागि नेपाल क्रिकेट संघ (क्यान)ले १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको छ।
आगामी जनवरी १४ देखि फेब्रुअरी १ सम्म काठमाडौंको टियु क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुने यस ऐतिहासिक प्रतियोगिताका लागि इन्दु बर्मा को कप्तानीमा नेपाली टोली मैदान उत्रनेछ।
टोलीको उप-कप्तानको जिम्मेवारी युवा अलराउन्डर पूजा महतो लाई दिइएको छ। टोलीमा अनुभवी खेलाडीहरू रुबिना क्षेत्री र सिता राना मगरसँगै युवा प्रतिभाहरूको सन्तुलन मिलाइएको छ।
घोषित नेपाली टोली-
कप्तान: इन्दु बर्मा
उप-कप्तान: पूजा महतो
सदस्यहरू: रुबिना क्षेत्री, सिता राना मगर, बिन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ (विकेटकिपर), कविता जोशी, कविता कुँवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, राजमती ऐरी र मनिषा उपाध्याय।
विश्वकपमा पुग्ने सुनौलो अवसर यस ग्लोबल क्वालिफायरमा कूल १० राष्ट्रको सहभागिता रहनेछ। सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ, जहाँ नेपाल समूह ‘बी’ मा रहेको छ। नेपालको समूहमा बंगलादेश, नामिबिया, नेदरल्याण्ड र पपुवा न्युगिनी रहेका छन्।
यस प्रतियोगिताको शीर्ष चार टोलीले सन् २०२६ मा इङ्ल्याण्ड र वेल्समा आयोजना हुने आईसीसी महिला टी-२० विश्वकप मा आफ्नो स्थान सुरक्षित गर्नेछन्। नेपालले पहिलो पटक यति ठूलो स्तरको महिला क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेकाले घरेलु मैदान र समर्थकको साथ नेपाली टोलीका लागि महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।































प्रतिक्रिया