काठमाडौं । नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेल फागुन २१ गते हुने निर्वाचनका लागि तीन स्थानबाट उम्मेदवारका रूपमा सिफारिस भएका छन्।
पौष २० गतेसम्म देशभरका १६५ निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गर्ने प्रक्रिया चलिरहँदा एमालेका नेताहरू एकभन्दा बढी क्षेत्रबाट सिफारिस भएका हुन्। सोही क्रममा उपाध्यक्ष पौडेल एक क्षेत्रमा एकल रूपमा र दुई क्षेत्रमा अन्य उम्मेदवारहरूसहित सिफारिस भएका छन्।
रुपन्देही निर्वाचन क्षेत्र नं. २ बाट पौडेलको मात्र एकल सिफारिस गरिएको छ। त्यस्तै, रुपन्देही निर्वाचन क्षेत्र नं. ३ बाट उपाध्यक्ष पौडेलसहित ११ जना उम्मेदवार सिफारिस भएका छन्।
त्यसैगरी, उनी पाल्पा निर्वाचन क्षेत्र नं. २ बाट पनि सिफारिस भएका छन्। सो क्षेत्रमा पौडेलसहित केन्द्रीय सदस्य तथा निवर्तमान सांसद ठाकुर गैरे, नारायणी शर्मा घिमिरे र रामबहादुर राउत सिफारिस भएका छन्।





























प्रतिक्रिया