काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी नयाँ कार्यसमिति चयनका लागि चुनावी सरगर्मी बढेको छ । यही पुस २८ गते हुने निर्वाचनका लागि वर्तमान केन्द्रीय कार्यसमिति सदस्य साधना पुडासैनीले कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्।
पुडासैनीले लक्ष्मण पौडेल (एन्ड्र्यु)को प्यानलबाट कोषाध्यक्षमा प्रतिस्पर्धा गर्ने पक्का भएको हो। उनले ‘सही व्यक्ति सही स्थान–भरोसायोग्य कोषाध्यक्ष’ भन्ने मुख्य नारासहित आफ्नो चुनावी एजेन्डाहरू सार्वजनिक गरेकी छन्।
पुडासैनीले इक्यानको आर्थिक पक्षलाई सुदृढ बनाउन निम्न बुँदाहरूमा जोड दिएकी छन्-
आर्थिक पारदर्शिता र अनुशासन: संस्थाको कोषलाई पूर्ण रूपमा पारदर्शी, सुरक्षित र अनुशासित बनाउने।
संस्थागत मजबुती: इक्यानलाई आर्थिक रूपमा आत्मनिर्भर र सबल संस्थाको रूपमा विकास गर्ने।
स्पष्ट दृष्टिकोण: अनुभव र जिम्मेवारीबोधका साथ कोष व्यवस्थापनलाई प्रभावकारी बनाउने।
कार्यसमिति र आम सदस्यहरूबीच समन्वय गरी सामाजिक उत्तरदायित्वका कामलाई अघि बढाउने।
शैक्षिक परामर्श व्यवसायमा लामो समयदेखि सक्रिय पुडासैनीले यसअघि एक कार्यकाल कार्यसमिति सदस्यको रूपमा सफलतापूर्वक जिम्मेवारी निभाइसकेकी छन्। आफ्नो अघिल्लो कार्यकालको अनुभवले कोषाध्यक्षको पद सम्हाल्न आफू पूर्ण सक्षम रहेको उनको दाबी छ। उनी भन्छिन्, “संस्थागत सुदृढीकरण र आर्थिक अनुशासन मेरो प्राथमिकता हो। इक्यानलाई थप उचाइमा पुर्याउन म प्रतिबद्ध छु।”





























प्रतिक्रिया