इक्यानको अध्यक्षमा गीताञ्जली शर्माको उम्मेदवारी घोषणा

इक्यानको अध्यक्षमा गीताञ्जली शर्माको उम्मेदवारी घोषणा

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्ष पदका लागि गीताञ्जली शर्माले उम्मेदवारी घोषणा गरेकी छन् ।

हाल वर्तमान कार्यसमितिको उपाध्यक्ष रहेकी शर्माले इक्यानको आसन्न साधारसभामा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी हुन् । शैक्षिक परामर्श व्यवसायमा रहेका विकृति अन्त्य र संस्थागत एकतामा जोड दिन आफूले उम्मेदवारी दिन लागेको उनले बताएकी छन् ।

इक्यानमा आफूलाई दिएको जिम्मेवारीअन्तर्गत फेयर डिपार्टमेन्ट र महिला सशक्तीकरणको कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको र कोषमा भ्याट कटाएर २० लाख रुपैयाँ जम्मा गर्न सफल भएको उनको भनाइ छ । साथै उनले शाखाहरुलाई सबल बनाउन सशक्त भूमिका खेलेकी थिइन् । यही आफ्नो अनुभव, योग्यता र संस्थागत योगदानका आधारमा योपटक अध्यक्षमा दावी गरेको उनले बताएकी छन् ।

देशभरबाट करिब ७२० सदस्य रहेको इक्यानमा यस पटक ६८३ जनाले मतदान गर्नेछन् । इक्यानको अध्यक्षमा लक्ष्मण पौडेल (एन्ड्र्यु) र दीपकराज भुसालले यसअधि नै अध्यक्षको उम्मेदवारी घोषण गरिसकेका छन् ।

Skip This
Skip This
Logo