हास्यँ कलाकार सिताराम कट्टेल(धुर्मुस)ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । भेटमा प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्ने बचन दिएका छन् ।
ओलीले भारत भ्रमणपश्चात रंगशाला बनाउन चाहिने भैतिक पुर्वाधार एवं लागत रकममा सरकारले ध्यानाकर्षण गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले नमुना बस्ती र किक्रेट रंगशालामा ‘कुन चाहिँ पहिला ?’ भनेर स्टाटस राखेपछि जनस्तरबाट अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्नका लागि सुझाँव आएको थियो । धुर्मुस सुन्तली फाउन्डेसन ४ वटा नमुना बस्ती निमार्ण गरिसकेका छन् । नमुना नेपाल निर्माणको अभियानमा रहेका धर्मुसलाई जनस्तरबाट समेत ठूलो साथ् छ ।
रंगशाला बनाउने भनेर निर्माण समिति गठन भइरहेको बताउदै अभियन्ता धुर्मुसले रगंशालाको नाम ‘लर्ड बुद्ध अन्तर्राष्ट्रिय रंगशाला’ राखिने बताएका छन् ।





























प्रतिक्रिया