बेनी। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड बेनी शाखाका अभिकर्ता नवीन पौडेल लगातार दोस्रो वर्ष मिलियन डलर राउण्ड टेबल (एमडिआरटी) सदस्य बन्न सफल भएका छन्। उनले सन् २०२५ का लागि प्राप्त गरेको एमडिआरटी मान्यता दोहो-याउँदै सन् २०२६ का लागि पनि योग्यता हासिल गरेका हुन्।
बेनी शाखा प्रबन्धक इन्द्रबहादुर जिसीका अनुसार छोटो समयमै देखाएको मेहनत, लक्ष्यप्रतिको प्रतिबद्धता र ग्राहक सेवाप्रतिको समर्पणका कारण पौडेलले अन्तर्राष्ट्रिय स्तरको यो मान्यता प्राप्त गर्न सफल भएका हुन्। एमडिआरटी जीवन बीमा तथा वित्तीय सेवा क्षेत्रमा उत्कृष्ट अभिकर्तालाई दिइने अन्तर्राष्ट्रिय मान्यता हो। यसले पेशागत क्षमता, नैतिकता र सेवा गुणस्तरको पहिचान गराउँछ।
नवीन पौडेलको लगातार दोस्रो वर्षको सफलता म्याग्दी मात्र नभई समग्र नेपालका जीवन बीमा अभिकर्ताका लागि प्रेरणादायी रहेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका धौलागिरी एरिया म्यानेजर देवेन्द्र घिमिरेले बताए।





























प्रतिक्रिया