काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थान हद फुकुवा भएको छ ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा भएको विध्वंशबारे छानविन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री ओलीको बयान लिएपछि स्थान हद फुकुवा गरेको हो ।
ओलीमाथि गत असोज १२ गतेको आयोगको बैठकले स्थान हद लगाउने निर्णय गरेको थियो । जेनजी आन्दोलनको सम्बन्धमा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा गरेका कामकारबाहीको सम्बन्धमा सोधपुछको काम सकिएकोले उनको विदेश भ्रमण रोक्का र उपत्यका छाड्न नपाउने निर्णयको औचित्य सम्पन्न भइसकेकोले फुकुवा गरिएको आयोगले जनाएको छ ।





























प्रतिक्रिया