काठमाडौं

पर्यटनमन्त्री रविन्द्र अधिकारीको मुख्य प्राथमिकतामा राष्ट्रिय गौरवको आयोजना दोस्रो निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई शीघ्र अघि बढाइनुका साथै निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई तीव्रता दिइने भएको छ । "/>

अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा तीव्रता

अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा तीव्रता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

पर्यटनमन्त्री रविन्द्र अधिकारीको मुख्य प्राथमिकतामा राष्ट्रिय गौरवको आयोजना दोस्रो निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई शीघ्र अघि बढाइनुका साथै निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई तीव्रता दिइने भएको छ । मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाका अनुसार भैरहवा विमानस्थलको निर्माण कार्य ४० प्रतिशत सम्पन्न भएको छ भने पोखरा विमानस्थलको कार्य सन्तोषजनक रुपमा अघि बढेको छ । विमानस्थल भएका स्थानमा विमान पु¥याउने, नेपाल वायु सेवा निगमलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाइएको छ ।

मन्त्री अधिकारीले पर्यटन रणनीति बनाउने तयारी भएको र पुरानो पर्यटन नीतिलाई परिमार्जन गरिने बताए । त्यस्तै पशुपति क्षेत्र विकास कोष र लुम्बिनी क्षेत्र विकास कोषलाई प्रभावकारी बनाइनुका साथै नयाँ धार्मिक पर्यटकीय गन्तव्यको पहिचान र प्रवद्र्धनलाई प्राथमिकता दिइनेछ ।

भूकम्पबाट क्षतिग्रस्त ७५३ सम्पदा मध्ये हाल ८२ वटा सम्पन्न भएको र यस अवधिमा थप १३ वटा सम्पदाको पुनःनिर्माण कार्य सम्पन्न हुने जनाइएको छ । पर्यटन ऐन, २०३५ लाई समयानुकूल परिमार्जन गरिनाका साथै परिवर्तित परिवेश अनुसार पर्यटन नीति, २०६५ परिमार्जन कार्य शुरु गरिने कार्ययोजनामा भनिएको छ ।
राजधानीबाट

Logo