काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रियसभा निर्वाचनमा भोलि हुने मनोनयन र केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न बैठक आह्वान गरिएको हो।
पार्टी सचिव पद्मा अर्यालका अनुसार बैठक बिहान ९ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा नेताहरूको कार्यविभाजन पनि प्रमुख एजेन्डाका रूपमा रहेको एक पदाधिकारीले जानकारी दिएका छन्।
देश निर्वाचनतर्फ उन्मुख रहेकाले हाललाई अस्थायी कार्यविभाजन गरेर अघि बढ्ने तयारी एमालेको छ। यसअन्तर्गत मुख्य–मुख्य विभागका प्रमुख, प्रदेशका इन्चार्ज तथा जिल्ला इन्चार्जहरूलाई संयोजकको भूमिका दिने तयारी भइरहेको बताइएको छ ।
त्यस्तै, बैठकले आगामी २६ पुसमा बस्ने केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिने निर्वाचन केन्द्रित रणनीतिसमेत तय गर्ने एक नेताले जानकारी दिएका छन्।





























प्रतिक्रिया