पर्वत । मेला भर्न गएकी एक युवतीमाथि सामुहिक बलात्कार भएको छ । बिहीबार राति कुश्मा नगरपालिका ४ छमर्केको मेला भर्न गएकी १६ वर्षीया युवतीमाथि सामुहिक बलात्कार भएको हो । बलात्कार गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गुप्तेश्वर बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति २३ वर्षीय शिशिर क्षेत्री, कुश्मा-५, वडागाउ-१७ का सौगात शर्मा पौडेल र कुश्मा-५ कै मेलमिलाप चोकका सुजल श्रेष्ठ रहेका छन् ।
उनीहरु लिफ्ट दिने नाममा युवतीलाई छमर्केस्थित न्यू सेवा गेष्ट हाउस’ लगेर सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । बागलुङको चैते दशै मेला अवलोकन गरेर फर्किँदै गरेका दुई युवतीलाई विहीबारदेखि साथमा लिएर होटलमा राखेका थिए ।
दिउँसै देखि खाजा खाँदै छमर्केस्थित न्यू सेवा गेष्ट हाउसमा बसेका दुई युवती मध्ये एक युवती भाग्न सफल भएकी र अर्की स्याङजाकी भाग्न खोज्दा समातेर जर्वजस्ती करणी गरेको पीडित युवतीले दिएको उजुरीमा उल्लेख गरिएको छ ।
प्रहरीले होटल मालिक नारायण भन्ने शेरबहादुर हमाललाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । भाग्न सफल युवतीले आफन्तहरुलाई खबर गरेपछि उनका आफन्तहरुले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले खोजतलास गर्दा सोही होटलमा तीनै जना युवाहरुसहित एक युवती सँगै बसेको अवस्थामा रङ्गेहात पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।





























प्रतिक्रिया