इक्यान महाभिडन्तः अध्यक्षमा दीपकराज भुसाल र एन्ड्र्यू आमनेसामने, अन्य पदमा कसको उम्मेदवारी ?

इक्यान महाभिडन्तः अध्यक्षमा दीपकराज भुसाल र एन्ड्र्यू आमनेसामने, अन्य पदमा कसको उम्मेदवारी ?

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । शैक्षिक परामर्श संस्थाहरूको छाता सङ्गठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी नेतृत्वका लागि दीपकराज भुसाल र लक्ष्मण पौडेल ‘एन्ड्र्यू’बीच प्रतिस्पर्धा हुने पक्का भएको छ ।

इक्यानको केन्द्रिय निर्वाचन समितिले प्रकाशन गरेको उम्मेद्वारहरुको प्रारम्भिक नामावलीअनुसार अध्यक्ष पदको प्रतिस्पर्धामा भुसाल र एन्ड्र्यू आमनेसामने भएका हुन् । यही पुस २८ गते काठमाडौंमा आयोजना हुने इक्यानको २०औँ वार्षिक साधारण सभा तथा अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ ।

भुसाल वर्तमान महासचिव हुन् भने एन्ड्र्यू वर्तमान प्रथम उपाध्यक्ष हुन् । २०६६ सालमा इक्यानको सदस्यता लिएका उनले विभिन्न पद हुँदै दुईपटक महासचिवको कार्यकालमा सफलतापूर्वक आफ्नो भूमिका निभाएका छन् । इक्यानका पूर्वअध्यक्ष प्रकाश पाण्डे प्रस्तावक र निवर्तमान अध्यक्ष शेषराज भट्टराई समर्थक भएर भुसाललाई अध्यक्षमा अगाडि बढाएका हुन् ।

यता शैक्षिक परामर्श व्यवसायमा २० वर्षभन्दा बढी अनुभव बोकेका वर्तमान प्रथम उपाध्यक्ष एन्ड्र्यू गुणस्तरीय शिक्षा प्रदान गर्न सदैव समर्पित व्यक्तित्वका रूपमा परिचित छन् । यसअघि अध्यक्ष पदमा दावेदारी गरेकी गीता शिवाकोटी (गिताञ्जली)ले एन्ड्र्युलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी उपाध्यक्ष पदमा दर्ता गराएकी छन्।

महासचिव पदमा नवराज केसी (खत्री) र भवनाथ हुमागाई चुनावी मैदानमा उत्रिएका छन् । हुमागाईं भुसाल प्यानलबाट उठेका हुन् भने केसी एन्ड्र्यू निकट देखिन्छन् ।

यसैगरी ३ जनाको कोटा रहेको उपाध्यक्षमा ७ जनाको उम्मेदवारी परेको छ ।

उपाध्यक्ष

गिता शिवाकोटी (गिताञ्जली)
पुष्पराज भट्टराई
फिलिप कुमार डाँगी क्षेत्री
बासुदेब दाहाल
मन्जित ढकाल
रत्न वहादुर भट्टराई
विकल्प राज पोखरेल

यता सचिव पदमा २ जनाको लागि ४ जनाको उम्मेदवारी परेको छ भने ९ जना कार्यसमिति सदस्यको लागि १४ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

सचिव
आशिक कार्की
भुपाल के सी
लाल बहादुर तामाङ्ग
सुरज सिलवाल

कोषाध्यक्ष
उमा खड्का पाठक
साधना पुडासैनी

सह-कोषाध्यक्ष
गोविन्द खनाल
भिम वहादुर थापा

कार्यसमिति सदस्य

अनन्तराज घिमिरे
अशोक कुमार हाथी
उद्धव बन
कमल प्रसाद तिमल्सिना
दामोदर शर्मा
दिनेश पौडेल
नवराज नेपाल
प्रकाश रिजाल
प्रभात पौडेल
बसन्त पाण्डे
भेषराज राय (भिष्म)
विवेक बस्नेत
शिव प्रसाद अर्याल
सन्जिब पाण्डे

Skip This
Skip This
Logo