मण्डनदेउपुरमा ५ सहित काभ्रेमा आज ३८ नयाँ संक्रमित थपिए

मण्डनदेउपुरमा ५ सहित काभ्रेमा आज ३८ नयाँ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।

काभ्रेमा आज ३८ जना कोरोना संक्रमित थपिएका छन् ।जिल्लामा आज २८ जना निको भएका छन् । विहिबार ४७ जना थपिएका थिए ।

अब जिल्लामा आजसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको जम्मा संख्या २ हजार २०४ पुगेको छ । संक्रमित मध्ये १ हजार ६३७ जना निको भएका छन् । जिल्लामा ४० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये १३ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र २७ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।

नयाँ थपिएका मध्ये बनेपाबाट १२, धुलिखेलबाट ८, पनौतीका ११, मण्डनदेउपुरका ५, पाँचखालबाट १ र चौरीदेउरालीका १ जना रहेका छन् ।

Logo