उद्धव वनले गरे इक्यान कार्यकारी सदस्य पदमा उम्मेदवारी घोषणा

उद्धव वनले गरे इक्यान कार्यकारी सदस्य पदमा उम्मेदवारी घोषणा

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी निर्वाचनका लागि उद्धव वनले कार्यकारी सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उनले दीपक राज भुसालको नेतृत्वमा रहेको टिमबाट सदस्यमा दाबेदारी पेश गरेका हुन् ।

वन विगत ६ वर्षदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय वन ईलाइट मुभर्स एजुकेशन कन्सल्टेन्सीका संस्थापक हुन् । उनले संस्थागत सुदृढीकरण, पेशागत मर्यादाको संरक्षण र इक्यानको उज्ज्वल भविष्यका लागि आफूले उम्मेदवारी दिएको बताएका छन् ।

उनले यसअघि इक्यानको यूके विभागमा रहेर सक्रिय भूमिका निर्वाह गरिसकेका छन् ।

“म विगत छ वर्षदेखि शिक्षा परामर्श व्यवसायमा सक्रिय रूपमा आबद्ध रहँदै आएको छु। यस अवधिमा प्राप्त व्यावहारिक अनुभव, जिम्मेवारीबोध र पेशागत निष्ठालाई आत्मसात गर्दै, ईलाइट मुभर्स एजुकेशन कन्सल्टेन्सीको स्थापना कालदेखि नै संस्थामार्फत गुणस्तरीय सेवा, पारदर्शिता, व्यावसायिक नैतिकता तथा विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणका लागि सही र भरोसायोग्य मार्गदर्शन प्रदान गर्दै आइरहेको छु।” उम्मेदवारी घोषणा गर्दै वनले भनेका छन्, “केन्द्रीय सदस्यको हैसियतमा साना, मध्यम तथा ठूला सबै प्रकारका शैक्षिक परामर्श संस्थाहरूका समस्या, आवश्यकता र सुझावलाई केन्द्रीय तहसम्म प्रभावकारी रूपमा पुर्‍याई समाधानमुखी पहल गर्ने मेरो स्पष्ट प्रतिबद्धता रहनेछ।”

Skip This
Skip This
Logo