सहश्राब्दी पदमार्गमा पाइने चराहरू एउटै पुस्तकमा समेटिए

सहश्राब्दी पदमार्गमा पाइने चराहरू एउटै पुस्तकमा समेटिए

केन्द्रबिन्दु
12
Shares

गण्डकी । तनहुँ–स्याङ्जा जोड्ने ७२ किलोमिटर लामो सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) मा पाइने चराहरूको विवरण पुस्तकमा समेटिएको छ। नेपाल पर्यटन बोर्ड र मिलेनियम ट्रेक व्यवस्थापन समितिको संयोजनमा पोखरा पंक्षी समाजले पुस्तक प्रकाशन गरेको हो।

दुई वर्षको स्थलगत अध्ययन पछि तयार गरिएको पुस्तकमा ३०० भन्दा बढी चराका प्रजाति सचित्र समेटिएका छन्। यसमा नेपालमा मात्र पाइने काँडे भ्याकुर लगायत अन्य संकटापन्न र संरक्षण सूचीमा रहेका चराहरूको विवरण प्रस्तुत गरिएको छ ।

पदयात्रा गर्ने पर्यटकले वनजङ्गल र हिमश्रृङ्खलासँगै चराहरूको अवलोकन गर्न सक्ने यो पदमार्गलाई चरा पर्यटनको आकर्षक गन्तव्य बनाउने लक्ष्य राखिएको छ ।

Logo