इक्यान उपाध्यक्ष पदबाट फिलिपले लिए उम्मेदवारी फिर्ता, दीपक राज भुसालको टिमलाई समर्थन

इक्यान उपाध्यक्ष पदबाट फिलिपले लिए उम्मेदवारी फिर्ता, दीपक राज भुसालको टिमलाई समर्थन

केन्द्रबिन्दु
30
Shares

काठमाडाैं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी नेतृत्वका लागिउपाध्यक्ष पदका उम्मेदवार फिलिप कुमार डाँगी क्षेत्रीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

क्षेत्रीले वर्तमान अवस्थामा इक्यानलाई अझ गतिशील, एकताबद्ध र दृढ नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै भुसालको समावेशी, सक्षम र प्रतिबद्ध टिमले संस्थालाई सही दिशामा लैजान सक्ने विश्वास व्यक्त गरेका छन्। अध्यक्षसहित सम्पूर्ण टिमलाई विजयी गराउन सहयोग गर्ने उद्देश्यले उपाध्यक्ष पदको उम्मेदवारी फिर्ता लिएको जानकारी उनले दिएका हुन्।

उनले चुनावी प्रतिस्पर्धाभन्दा माथि उठेर इक्यानको दीर्घकालीन विकासका लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

Skip This
Skip This
Logo