‘द नलेज हाउस’को एजेण्डासहित इक्यानको सचिवमा सुरज सिलवालको दाबेदारी

‘द नलेज हाउस’को एजेण्डासहित इक्यानको सचिवमा सुरज सिलवालको दाबेदारी

केन्द्रबिन्दु
24
Shares

काठमाडाैं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को सचिवमा केन्द्रीय सदस्य तथा शिक्षा परामर्श व्यवसायी सुरज सिलवालले उम्मेदवारी दर्ता गराएका छन् ।

यही पुस २८ गते हुने इक्यान केन्द्रीय समितिको लागि निर्वाचन हुँदैछ । विगत १५ वर्षदेखि शिक्षा परामर्श क्षेत्रमा सक्रिय सिलवालले आफूले आर्जन गरेको व्यावहारिक अनुभव, पेशागत निष्ठा र जिम्मेवारीबोधलाई आत्मसात गर्दै कनेक्ट ग्लोब एजुकेशन ग्रुप (सीजीईजी)को स्थापना तथा सञ्चालन गर्दै आएको जनाएका छन् । सिलवालले शैक्षिक परामर्श क्षेत्रमा गुणस्तरीय सेवा, पारदर्शिता, व्यावसायिक नैतिकता र विद्यार्थीको उज्ज्वल भविष्यका लागि भरोसायोग्य मार्गदर्शन प्रदान गर्दै आइरहेको उल्लेख गरेका छन् ।

‘व्यावसायिक अनुभवसहित पछिल्लो १० वर्षदेखि साधारण सदस्यका रूपमा इक्यानमा आबद्ध छु,’ सिलवालले भने, ‘गत महाधिवेशनमा सबै इक्यानियनको माया, विश्वास र समर्थनका कारण उच्च मतसहित कार्यकारी सदस्यमा निर्वाचित भएको स्मरण गराउन चाहन्छु ।’

सचिव पदका उम्मेदवार सिलवालले सदस्य सशक्तीकरण, नीतिगत सहजीकरण, अन्तर्राष्ट्रिय सहकार्य, शाखा सुदृढीकरण र संस्थाको आर्थिक स्थायित्वलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

सिलवालका प्रमुख प्रतिबद्धता तथा कार्ययोजनाहरूः

-सम्पूर्ण इक्यान सदस्यलाई संघका कार्यक्रमहरूमा नेतृत्वदायी भूमिकामा सहभागी गराउने।

-केन्द्र तथा प्रदेश सरकारसँग समन्वय गरी शिक्षा परामर्श क्षेत्रसँग सम्बन्धित नवीकरण तथा स्वीकृति प्रक्रियालाई सरल बनाउने।

-विभिन्न देशका विश्वविद्यालय तथा कलेजहरूलाई नेपाल आमन्त्रण गरी अन्तर्राष्ट्रिय नेटवर्किङ विस्तार गर्ने।

-कार्यसमितिभित्र जिम्मेवारीको स्पष्ट विभाजन गर्दै कार्यक्रमहरू परिणाममुखी बनाउने।

-केन्द्रदेखि शाखासम्म सदस्य–केन्द्रित कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्ने।

-इक्यान शाखाहरूलाई सशक्त बनाउँदै सूचना, नेटवर्किङ र व्यवसायिक अवसर सुनिश्चित गर्ने।

-प्रायोजक व्यवस्थापनमार्फत केन्द्र र शाखालाई आर्थिक रूपमा मजबुत बनाउने।

-“द नलेज हाउस” अभियानमार्फत कोष संकलन गरी इक्यानको आफ्नै भवन निर्माणतर्फ ठोस पहल गर्ने।

Skip This
Skip This
Logo