इक्यानको उपाध्यक्षमा रत्नबहादुर भट्टराई नै किन ?

इक्यानको उपाध्यक्षमा रत्नबहादुर भट्टराई नै किन ?

केन्द्रबिन्दु
66
Shares

काठमाडाैं । नेपालको शैक्षिक परामर्श क्षेत्रमा एउटा परिचित र भरोसायोग्य नाम हो, रत्नबहादुर भट्टराई। विगत लामो समयदेखि शैक्षिक परामर्श संघ नेपाल (इक्यान) मा विभिन्न जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका भट्टराईले २०औं साधारणसभामा
इक्यानको उपाध्यक्ष पदका लागि दाबेदारी पेश गरेका छन् ।

पुस २८ गते काठमाडौंमा हुने साधारणसभाका लागि अध्यक्षका प्रत्यासी दीपकराज भुसालको प्यानलबाट भट्टराईले उम्मेदवारी दिने भएका हुन् । शैक्षिक परामर्श क्षेत्रमा लामो अनुभव सँगालेका भट्टराई हाल इक्यानको कार्यसमितिमा सचिव भएर काम गरिरहेका छन् ।

इक्यानमा दुई कार्यकाल कार्यसमिति सदस्य भएका भट्टराई अनुशासन विभागको संयोजक भएर काम गरिसकेका छन् ।

नोबल एजुकेशन प्रालिका सञ्चालकसमेत रहेका भट्टराईले व्यवसायीहरूको हकहित संरक्षण गर्ने मात्र होइन, समग्र परामर्श क्षेत्रलाई मर्यादित र प्रविधिमैत्री बनाउन चालेका कदमहरू नै उम्मेदवारीको मुख्य आधार हुन्।

१. प्रविधिमैत्री सुधारः विगतमा नेपाली विद्यार्थीहरूले वैदेशिक अध्ययनका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ लिन घण्टौँ लाइन बस्नुपर्ने र झन्झटिलो प्रशासनिक प्रक्रिया झेल्नुपर्ने बाध्यता थियो। भट्टराईले इक्यानको सदस्य र सचिव हुँदा आन्तरिक मामिला विभागको संयोजकको रूपमा सम्बन्धित सरकारी निकायसँग प्रभावकारी समन्वय गरेका छन् ।

आज हजारौँ विद्यार्थीले घरमै बसेर अनलाइनबाट एनओ‍सी प्राप्त गरिरहेका छन् भने यसको जस भट्टराईको नेतृत्वदायी पहललाई जान्छ। यसले पारदर्शिता मात्र बढाएको छैन, व्यवसायी र विद्यार्थी दुवैको समय र श्रमको बचत गरेको छ।

२. शैक्षिक गुणस्तर र व्यावसायिक तालिममा योगदानः भट्टराई केवल एक व्यवसायी मात्र हाेइनन्, उनी यस क्षेत्रका एक दक्ष प्रशिक्षक पनि हुनुहुन्छ। टीआईटीआईद्वारा सञ्चालित ‘एजुकेसनल काउन्सिलर ट्रेनिङ’ को स्थापनाकालदेखि नै उनले स्रोत व्यक्तिको रूपमा काम गर्दै आएका छन् ।

परामर्शदाताहरूका लागि आवश्यक तालिमको पाठ्यक्रम बनाउन उनले महत्त्वपूर्ण भूमिका खेलेका छन् भने उनले तालिम दिएका सयौँ परामर्शदाताहरू आज यो क्षेत्रमा व्यावसायिक रूपमा सफल छन्।

३. पहिचान र मर्यादाको लडाइँः शैक्षिक परामर्श संस्थाहरू र म्यानपावर एजेन्सीहरूलाई एउटै डालोमा राखेर हेर्ने सामाजिक भ्रमलाई चिर्न भट्टराईले ठुलो योगदान दिएका छन् । उनले राष्ट्रिय प्रहरी प्रतिष्ठान र नेपाल प्रहरीसँग मिलेर मानव बेचबिखन विरुद्धका सचेतना कार्यक्रमहरू सञ्चालन गर्दै ‘शैक्षिक परामर्श’ एक प्राज्ञिक र मर्यादित सेवा हो भन्ने स्पष्ट भिन्नता स्थापित गराएका छन् ।

४. नियमन र विवाद समाधानमा कुशलताः इक्यानको अनुशासन विभाग प्रमुखको रूपमा उनले सदस्य संस्थाहरू, विद्यार्थी र अभिभावकहरूबीच उत्पन्न हुने विवादहरूलाई अत्यन्तै कुशलतापूर्वक सुल्झाएका छन् । बजारलाई विकृतिमुक्त बनाउन र नैतिक अभ्यासलाई प्रोत्साहन गर्न उनको भूमिका सदैव निष्पक्ष र प्रभावकारी रहँदै आएको छ।

५. सरकारी निकायसँगको समन्वयकारी भूमिकाः नेपाल चिकित्सा शिक्षा आयोगलगायतका नियामक निकायहरूसँग विद्यार्थी र व्यवसायीका समस्या राख्न होस् वा नयाँ नीति नियम बनाउँदा सल्लाह सुझाव दिन, भट्टराई सधैँ अग्रपङ्क्तिमा रहेका छन् । नीतिगत तहमा स्पष्ट वक्ता र तार्किक क्षमता भएका कारण पनि उनलाई इक्यानको भावी सारथिको रूपमा हेरिएको छ।

Logo