राइटपाथ करियर काउन्सिलिङले मनायो नवौँ वार्षिकोत्सव

राइटपाथ करियर काउन्सिलिङले मनायो नवौँ वार्षिकोत्सव

केन्द्रबिन्दु
87
Shares

काठमाडौं । शैक्षिक परामर्शदाता संस्था राइटपाथ करियर काउन्सिलिङले आफ्नो नवौँ वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । उक्त अवसरसँगै संस्था औपचारिक रूपमा १०औँ वर्षमा प्रवेश गरेको छ ।

बिहीबार प्रधान कार्यालय, पुतलीसडकमा आयोजना गरिएको एक विशेष समारोहमा शिक्षा क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । समारोहमा शैक्षिक परामर्श संघ नेपाल (इक्यान) का वर्तमान अध्यक्ष शेषराज भट्टराईको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले राइटपाथ करियर काउन्सिलिङले विभिन्न चुनौती र समस्याका बाबजुद पनि शैक्षिक परामर्श क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकोमा खुशी व्यक्त गरे । उनले भने, “विदेश अध्ययन तथा उच्च शिक्षासम्बन्धी क्षेत्रमा पछिल्लो समय थुप्रै चुनौतीहरू देखिए पनि राइटपाथले इमान्दारिता, निरन्तरता र सेवामुखी सोचका कारण बजारमा आफ्नो छवि मजबुत बनाएको छ ।”

Workflow: {}

कार्यक्रममा राइटपाथ करियर काउन्सिलिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) फिलिप डिसीले संस्थाको यात्रा, उपलब्धि र भावी योजनाबारे प्रकाश पारे । उनले राइटपाथले विद्यार्थीको भविष्य सुरक्षित र सुनिश्चित बनाउने उद्देश्यका साथ विगत नौ वर्षदेखि सेवा प्रदान गर्दै आएको बताए । “१०औँ वर्षमा प्रवेशको अवसरमा हामीले उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि विभिन्न आकर्षक अफरहरू ल्याएका छौँ,” उनले भने, “विद्यार्थीलाई सही मार्गदर्शन, पारदर्शी प्रक्रिया र विश्वसनीय सेवा प्रदान गर्नु हाम्रो मुख्य लक्ष्य हो ।”

सीईओ डिसीले विदेश अध्ययनका लागि विद्यार्थीलाई सही देश, विश्वविद्यालय र विषय छनोट गर्न सहयोग गर्नु राइटपाथको प्रमुख जिम्मेवारी रहेको उल्लेख गरे । साथै, उनले आगामी दिनमा सेवा विस्तार, डिजिटल काउन्सिलिङ र विद्यार्थी केन्द्रित कार्यक्रमहरू थप प्रभावकारी बनाइने जानकारी दिए ।

राइटपाथ करियर काउन्सिलिङले आगामी दिनमा अझ गुणस्तरीय सेवा प्रदान गर्दै नेपाली विद्यार्थीको अन्तर्राष्ट्रिय शिक्षा यात्रालाई सहज र विश्वसनीय बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

राइटपाथ करियर काउन्सिलिङले आगामी दिनमा अझ गुणस्तरीय सेवा प्रदान गर्दै नेपाली विद्यार्थीको अन्तर्राष्ट्रिय शिक्षा यात्रालाई सहज र विश्वसनीय बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । राइटपाथले देशका विभिन्न स्थानमा सेवा विस्तार गर्दै विद्यार्थीलाई परामर्श सेवा दिँदै आएको छ । काठमाडौँको पुतलीसडकमा मुख्य कार्यालय रही अन्य स्थानहरू, बानेश्वर, कीर्तिपुर, ललितपुर, चितवन, हेटौँडा, दाङ, बुटवल, धनकुटा र इटहरीमा पनि राइटपाथले आफ्नो सेवा दिँदै आएको छ ।

Logo