नवराज नेपालले इक्यान केन्द्रीय कार्यसमिति सदस्य पदमा गरे दाबेदारी पेश

नवराज नेपालले इक्यान केन्द्रीय कार्यसमिति सदस्य पदमा गरे दाबेदारी पेश

केन्द्रबिन्दु
63
Shares

काठमाडौं । काभ्रेका युवा शैक्षिक परामर्श व्यवसायी नवराज नेपालले नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आसन्न केन्द्रीय समिति निर्वाचनका लागि केन्द्रीय कार्यसमिति सदस्य पदमा आफ्नो उम्मेदवारी दर्ता गरेका छन् ।

काठमाडौंमा रहेर पनि काभ्रे जिल्लाको प्रतिनिधित्व गर्दै संगठन विस्तार, सदस्य एकता र संस्थागत सुदृढीकरणका लागि प्रमुख भूमिका निर्वाह नेपालले दीपकराज भुसालको टिमबाट अब केन्द्रीय सदस्य पदमा दावेदारी पेश गरेका हुन् ।

काभ्रेमा रहेका शैक्षिक परामर्श संस्थाहरूलाई कानुनी प्रक्रिया पूरा गराई आवश्यक लाइसेन्स प्राप्त गराउन सहजीकरण गर्ने कार्यमा समेत उनको उल्लेखनीय योगदान रहेको छ। सम्बन्धित सरकारी निकायहरूसँग समन्वय, परामर्श तथा मार्गदर्शनमार्फत धेरै संस्थाहरूलाई वैधानिक र औपचारिक रूपमा सञ्चालन गर्न उहाँले महत्वपूर्ण भूमिका खेलेका थिए ।

विगत लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय नेपालले यो क्षेत्रलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाउने स्पष्ट भिजन सहित उम्मेदवारी अघि सारेका हुन् ।

मध्यम तथा साना शैक्षिक परामर्श व्यवसायीहरूको वास्तविक समस्या, चुनौती र सम्भावनालाई केन्द्रीय तहसम्म प्रभावकारी रूपमा पु¥याउने उनको प्रमुख उद्देश्य रहेको छ ।

Skip This
Skip This
Logo