काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी पुस २८ गते हुने २०औं वार्षिक साधारणसभा तथा निर्वाचनका लागि कार्यसमिति सदस्य पदमा अनन्त राज घिमिरेले उम्मेदवारी दिएका छन् ।
लामो समयदेखि शैक्षिक परामर्श, कर्पोरेट ट्रेनिङ र व्यावसायिक परामर्शमा सक्रिय घिमिरेले ‘सबल संस्था, नैतिक परामर्श र साझा भविष्य’ भन्ने मूल नाराका साथ आफ्नो उम्मेदवारी पेश गरेका हुन् ।
घिमिरे शैक्षिक र व्यावसायिक क्षेत्रका एक सुपरिचित व्यक्तित्व हुन् । उनले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय व्यवस्थापन विभागमा भिजिटिङ फ्याकल्टीका रूपमा प्राध्यापन गर्नुका साथै युनिग्लाेब कलेज लगायतका विभिन्न शैक्षिक संस्थाहरूमा निर्देशकको रूपमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् । उनको कर्पोरेट अनुभवमा नबिल बैंक जस्ता प्रतिष्ठित संस्थाहरूसँगको आबद्धता समेत सामेल छ।
आफ्नो उम्मेदवारीबारे प्रष्ट पार्दै घिमिरेले भने, “मेरो प्राथमिकता पद होइन, दायित्वको नेतृत्व हो। शैक्षिक परामर्शलाई केवल एउटा व्यापारका रूपमा मात्र नभई जिम्मेवार सार्वजनिक विश्वासको अभ्यासका रूपमा स्थापित गर्न मेरो उम्मेदवारी हो। हामीले इक्यानलाई अझ पारदर्शी, नैतिक र उत्तरदायी बनाउनु पर्ने आवश्यकता छ।”
घिमिरेको मुख्य प्रतिबद्धताहरू:
-इक्यानका सदस्यहरूको क्षमता विकासका लागि निरन्तर व्यावसायिक तालिम र कार्यशालाहरू सञ्चालन गर्ने।
-केन्द्र र विभिन्न शाखाहरूबीच प्रभावकारी सञ्चार र समन्वय संयन्त्र निर्माण गर्ने।
-संस्थाको आर्थिक र प्रशासनिक काम-कारबाहीलाई पूर्ण रूपमा पारदर्शी र प्रविधिमैत्री बनाउने।
-वैदेशिक अध्ययनमा जाने विद्यार्थी र अभिभावकको विश्वास जित्दै परामर्श क्षेत्रलाई मर्यादित बनाउने।































प्रतिक्रिया