काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आसन्न निर्वाचनका लागि युवा परामर्श व्यवसायी बिबेक बस्नेतले कार्यकारी कार्यसमिति सदस्य पदमा उम्मेदवारी पेश गरेका छन् ।
दीपक राज भुसाल नेतृत्वको प्यानलबाट कार्यकारी कार्यसमिति सदस्य पदमा बस्नेतले उम्मेदवारी दर्ता गराएका हुन् । नेपालमा प्रारम्भिक शिक्षा सुरु गरी संयुक्त राज्य अमेरिकाबाट स्नातक पूरा गरेका बस्नेतसँग अमेरिकी विश्वविद्यालयमै एसिया क्षेत्र हेर्ने जिम्मेवारी सफलतापूर्वक सम्हालेको अनुभव छ । उनले आफ्नो उम्मेदवारी केवल पदका लागि नभई संस्थाको शुद्धीकरण र रूपान्तरणका लागि भएको बताएका छन् ।
विगतमा सन् २०१८ र २०१९ मा इक्यानमा रिसोर्स पर्सनको रूपमा काम गरिसकेका बस्नेतसँग संस्थागत समस्याहरूको भित्री ज्ञान पनि छ।’मैले अमेरिकाको अध्ययन र कामको सिलसिलामा पारदर्शिता र जवाफदेहिताको वास्तविक अर्थ सिकेको छु’ उनी भन्छन्, ‘त्यही अनुभवलाई अब नेपाली परामर्श क्षेत्रको व्यावसायिक हितमा लगाउने मेरो संकल्प हो।’
बस्नेतका चुनावी एजेन्डाहरू
-पारदर्शिता
-समावेशिता
-सबै सदस्यको हित
यही पुस २८ गते काठमाडौंमा इक्यानको २०औं साधारणसभा हुँदैछ, जसले नयाँ कार्यसमिति चयन गर्नेछ ।





























प्रतिक्रिया