काठमाडाैं । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) को आगामी केन्द्रीय निर्वाचनका लागि कमल तिम्सिनाले केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी दर्ता गरेका छन्।
शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउने अभियानमा दुई दशकदेखि क्रियाशील तिम्सिनाले दीपकराज भुसाल नेतृत्वको प्यानलबाट उम्मेदवारी पेश गरेका हुन् ।
विगत २२ वर्षदेखि यस क्षेत्रमा निरन्तर र परिणाममुखी भूमिका निर्वाह गर्दै आएका तिम्सिना ईक्यान पूर्वाञ्चल शाखाका संस्थापक सदस्य, पूर्व उपाध्यक्ष तथा वर्तमान सल्लाहकार हुन्। विद्यार्थी, अभिभावक र व्यवसायीबीच विश्वासको वातावरण बनाउन उनले खेलेको भूमिकालाई यस क्षेत्रका सरोकारवालाहरूले सकारात्मक रूपमा लिने गरेका छन्।
तिम्सिनाका मुख्य एजेन्डाहरू
-केन्द्र र शाखाबीचको दूरी घटाउँदै नीति निर्माण प्रक्रियामा शाखाहरूको प्रभावकारी सहभागिता सुनिश्चित गर्ने।
-शैक्षिक परामर्श व्यवसायलाई कानुनी, नैतिक र गुणस्तरीय बनाउन आचारसंहिताको पूर्ण पालना र क्षमता अभिवृद्धिमा जोड दिने।
-शाखाहरूले भोग्दै आएका चुनौती र समस्यालाई केन्द्रसम्म पुर्याई ठोस समाधानका लागि पहल गर्ने।
-अन्तर्राष्ट्रिय शैक्षिक बजारसँग समन्वय गरी विद्यार्थी हितको संरक्षण र व्यवसायको सामाजिक प्रतिष्ठा बढाउने।































प्रतिक्रिया