काठमाडौं । शैक्षिक परामर्श व्यवसायीहरूको छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आसन्न केन्द्रीय कार्यसमितिको निर्वाचनमा दामोदर शर्माले केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी दिएका छन् ।
नाइस एजुकेसन कन्सल्टेन्सीका सञ्चालकसमेत रहेका दामोदर शर्माले लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय र अनुभवी व्यवसायीकाे हैसियतले संस्थागत सुधार र सदस्यहरूको हक–हित रक्षाका लागि उम्मेदवारी दिएका हुन् ।
उनले दीपकराज भुसाल नेतृत्वको प्यानलबाट उम्मेदवारी पेश गरेका हुन् ।
शर्माले इक्यानलाई अझ बढी व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने, नीतिगत तहमा रहेका समस्याहरू समाधान गर्दै साना तथा ठूला सबै व्यवसायीको व्यावसायिक सुरक्षाको ग्यारेन्टी गर्ने, शैक्षिक परामर्श क्षेत्रलाई अझ मर्यादित र विश्वसनीय बनाउन प्रभावकारी भूमिका खेल्नेलगायत एजेण्डा अघि सारेका छन् ।































प्रतिक्रिया