५ महिनामा ८ खर्ब ७० अर्ब रेमिट्यान्स भित्रियाे

५ महिनामा ८ खर्ब ७० अर्ब रेमिट्यान्स भित्रियाे

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । चालु आर्थिक वर्षका ५ महिनामै ८ खर्ब ७० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

शुक्रबार केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मंसिरसम्मकाे तथ्यांक सार्वजनिक गर्दै ८ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको जनाएकाे हाे । जुन गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा ३५.६ प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आर्थिक वर्ष २०८१/८२ को पहिलो ५ महिनामा रेमिट्यान्स ४.७ प्रतिशतले मात्रै बढेको थियो । २०८२ मंसिर महिनामा मात्रै १ खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो ।

रेमिट्यान्स निरन्तर बढे पनि चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने घटेको छ । चालु आर्थिक वर्षको मंसिरसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या १ लाख ७५ हजार ५९१ पुगेको छ । पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ६३ हजार ९२४ रहेको छ ।

Logo