शोक प्रस्तावमै सीमित रह्यो कांग्रेस कार्यसमिति बैठक

शोक प्रस्तावमै सीमित रह्यो कांग्रेस कार्यसमिति बैठक

केन्द्रबिन्दु
69
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक शनिबार सानेपामा सम्पन्न भएको छ। बैठकले पूर्वमन्त्री होमनाथ दाहालको निधनप्रति शोक प्रस्ताव पारित गर्दै कार्यक्रम टुंग्याएको छ।

घुँडासम्बन्धी समस्याबाट लामो समयदेखि उपचाररत ८४ वर्षीय दाहालको गएराति वीर अस्पतालमा हृदयाघातका कारण निधन भएको थियो। उनी ओखलढुङ्गाको तत्कालीन बरुणेश्वर गाउँपालिकामा जन्मिएका थिए।

दाहाल नेपाली कांग्रेसको मुखपत्र राष्ट्रपुकार साप्ताहिकका सम्पादक रहनुका साथै कांग्रेस ओखलढुङ्गा जिल्ला सदस्य र तत्कालीन कांग्रेस (प्रजातान्त्रिक)का केन्द्रीय सदस्यसमेत थिए।

विशेष महाधिवेशनको अन्तिम घडीमा बसेको बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा भने सहभागी भएनन्। यससँगै कांग्रेसभित्रको आन्तरिक मतभेद थप स्पष्ट देखिएको छ।

Logo