काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने, बालेन्द्र साह (बालेन) र कुलमान घिसिङलगायतका व्यक्तिहरू लोकतान्त्रिक शक्तिविरुद्ध संगठित मोर्चाबन्दीमा लागेको गम्भीर आरोप लगाएका छन्।
पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले आफूहरूलाई वैकल्पिक शक्तिको रूपमा प्रस्तुत गर्ने समूह देश निर्माणको एजेन्डामा नभई अस्थिरता सिर्जना गर्ने उद्देश्यले एक ठाउँमा आएको दाबी गरे। उनले भने, “यी एक ठाउँमा उभिन खोजेका छन्, तर त्यो देश बनाउने नियतले होइन।”
अध्यक्ष ओलीले सार्वजनिक जवाफदेहिता नबोकेका व्यक्तिहरूलाई ‘अवतारी’को रूपमा प्रस्तुत गर्दै जनतालाई भ्रमित गर्ने प्रयास भइरहेको टिप्पणीसमेत गरे। “जादुजस्तो गरेर समस्या समाधान हुन्छ भन्ने भ्रम फैलाइँदैछ,” ओलीको भनाइ थियो।
ओलीको यो अभिव्यक्तिलाई आगामी राजनीतिक समीकरण र उदाउँदै गरेको वैकल्पिक राजनीतिप्रति स्थापित दलहरूको असहजताको संकेतका रूपमा हेरिएको छ।































प्रतिक्रिया