काठमाडौं
हतियार सहित गौशालाबाट पक्राउ परेका गणेश लामालाई थप अनुसन्धानका लागि १० दिन म्याद थप गरिएको छ । फागुन ३० गते पक्राउ परेका लामालाई प्रहरीले चैत १ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा म्याद थप गरी अनुसन्धान शुरु गरेकामा अनुसन्धान नसकिएपछि थप १० दिन म्याद थप गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहन थापाले जानकारी दिए । "/>

गणेश लामालाई थप अनुसन्धानका लागि दश दिन म्याद थपियो

गणेश लामालाई थप अनुसन्धानका लागि दश दिन म्याद थपियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
हतियार सहित गौशालाबाट पक्राउ परेका गणेश लामालाई थप अनुसन्धानका लागि १० दिन म्याद थप गरिएको छ । फागुन ३० गते पक्राउ परेका लामालाई प्रहरीले चैत १ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा म्याद थप गरी अनुसन्धान शुरु गरेकामा अनुसन्धान नसकिएपछि थप १० दिन म्याद थप गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहन थापाले जानकारी दिए ।

“थप अनुसन्धान भएपछि मात्र यस सम्बन्धमा आधिकारिक प्रमाण आउँछ”, उनले भने । हातहतियार तथा खरखजना ऐन अन्तर्गत ६ महिना देखि एक वर्ष सम्म कैद, ६० हजार देखि एक लाख सम्म जरिवाना वा दुवै सजायँ हुने व्यवस्था छ । लामा माथि वि.सं. ०६६ असार, ०६७ कात्तिक, ०६८ साउन र ०७० चैतमा काठमाडौँ परिसरमा मुद्दा दायर भए पनि उनलाई गत माघमा अदालतले सफाइ दिएको थियो ।
रासस

Skip This
Skip This
Logo