काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन भृकुटीमण्डपमा सुरुभएको छ । चोक–चोकबाट निस्किएका -याली, झाँकी, बाजागाजा र गुञ्जायमान नाराले भृकुटीमण्डपको माहोल तातिरहेको छ । विभिन्न कोणबाट आएका -यालीमा एउटै स्वरमा “नेपाली कांग्रेस के भन्छ? गगन–विश्व ले भन्छ!”
भृकुटीमण्डपमा उद्घाटन सत्र तामझामका साथ चलिरहँदा प्रतिनिधिहरू रजिस्ट्रेसनमा व्यस्त छन्। तर प्रतिनिधि कति हुन्छन् भन्ने भन्दा पनि उनीहरू किन आएका हुन् भन्ने प्रश्न अहिले कांग्रेसको केन्द्रीयतामा रहेको छ । देशभरबाट आएका प्रतिनिधिहरूको ठूलो समुहले नयाँ नेतृत्व चयनको विकल्प नभएको बताएका छन्।
विशेष महाधिवेशनमा प्रतिनिधि बनेर आएका सिराहाका मुस्तक अन्सारी भन्छन्, “हामी यहाँ नयाँ नेतृत्व चयन गर्न आएका हौँ। हाम्रो एउटै एजेन्डा छ नेतृत्व हस्तान्तरण र पुस्तान्तरण । अहिलेको देशको अवस्था, युवाको चाहना र कांग्रेसलाई फेरि चलायमान बनाउन गगन–विश्वको विकल्प छैन ।”
यस्तै अर्का एक प्रतिनिधीका अनुसार कांग्रेस अब पुरानो ढर्रामा अघि बढ्न नसक्ने बताउँछन् । जनताको भरोसा फर्काउन, संगठनलाई गतिशील बनाउन र युवालाई आकर्षित गर्न नयाँ अनुहार अनिवार्य भएको महाधिवेशन प्रतिनिधिहरुको ठहर छ । भृकुटीमण्डपमा उपस्थित धेरै प्रतिनिधिहरू खुलेआम नेतृत्व परिवर्तनको पक्षमा उभिएका छन्।
विशेष महाधिवेशन सुरु भएसँगै कांग्रेसभित्र लुकेको असन्तुष्टि सडकमा देखिन थालेको छ । यो महाधिवेशनले केवल विधान वा संरचना मात्र नभएर कांग्रेसको सत्ता–सन्तुलन नै उल्ट्याउने संकेत गरिरहेको छ ।
के विशेष महाधिवेशनबाट गगन–विश्व नेतृत्वतर्फ कांग्रेसले निर्णायक मोड लिन्छहोला त ? त्यो भने हर्न बाँकी छ ।





























प्रतिक्रिया