काठमाडौं । काँग्रेस नेता तथा विशेष महाधिवेशन अभियान्ता गुरूराज घिमिरेले पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई महाधिवेशनको ऐतिहासिक क्षणमा उभिएर एकताको सन्देश दिन आग्रह गरेका छन्। भृकुटीमण्डपमा शुरु भएको महाधिवेशनमा बोल्दै उनले यस्तो आह्वान गरेका हुन्। उनले भने,
“मसँग तिक्तताको भण्डार सकिएको छ । आज सबै मिलेर महाधिवेशनलाई सयप्रतिशत सफल बनाऔँ। आगामी संसदीय निर्वाचनमा विजय सुनिश्चित गर्नु हाम्रो कर्तव्य हो।” यस्तै घिमिरेले बिपी–सुवर्णशमशेरको उदाहरण दिँदै पार्टी एकताको आवश्यकतालाई जोड दिएका छन्।
देशभरबाट ४ हजार ७ सय ४३ प्रतिनिधि उपस्थित छन्। सातवटै प्रदेशका लागि अलग डेस्कमा दर्ता धमाधम भइरहेको छ । प्रतिनिधिहरू परिचयपत्र, पासपोर्ट साइज फोटो र दर्ता शुल्क लिएर दर्ता गरिरहेका छन्।





























प्रतिक्रिया