काठमाडौं। नेपाली कांग्रेसका नेता सुनिल शर्माले सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनको बन्द सत्रमा उद्घाटनका लागि उपस्थित हुन आह्वान गरेका छन्। भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई संवोधन गर्दै शर्माले भने,“देउवा दाई, रोइलो छाडेर भोलि महाधिवेशन उद्घाटनमा आउनुस्, हामी विकल्प दिन तयार छौं,” त्यस्तै उनले फरी आग्रह गदै भने, ‘गाउँबाट आउनुभएको नेता हो । ८० कटिसक्नुभयो । मेरो पिताजीको उमेर समान हुनुहुन्छ आउनुहोस हिजो हजुरलाई सभापति बनाउनेहरुको कुरा सुनिदिनुहोस् । ’
उनले विरोधी केन्द्रीय सदस्यलाई समेत भिडले गिज्याइरहेको टिप्पणी गर्दै, पार्टीमा ५४ प्रतिशत हस्ताक्षरको सामान्य छलफल नगर्नु लोकतन्त्रको बिडम्बना भएको दाबी गरे।





























प्रतिक्रिया