बनियानी (झापा) । नेपाली चलचित्रका अभिनेता राजेश हमालले देशको विकासमा जनस्तरबाटै लाग्नुपर्नेमा जोड दिएका छन् ।
झापाको बिर्तामोडमा आज आयोजित ‘इष्टर्न सहारा कम्पनी लिमिटेड’को तेस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अभिनेता हमालले मुलुक निर्माणमा सबैभन्दा ठूलो भूमिका नागरिकले नै राख्ने बताएका हुन् ।
“हाम्रो देश कसैले बनाइदिँदैन, बनाइदियो भने पनि उसको त्यसमा स्वार्थ हुन्छ”, उनले भने, “अहिले सबैभन्दा ठूलो शक्ति कसैसँग छ भने त्यो जनतासँग हो ।”
देशमा केही भएन सरकारले केही गरेन भनेर गुनासो गर्नुभन्दा सरकारमा जानेहरु जनताबाटै अनुमोदित भएर जाने भएकाले त्यसको भागिदार जनता पनि हुने अभिनेता हमालको भनाइ थियो । देशलाई समृद्धिको मार्गमा दोर्याउने नेतृत्व चयन गर्ने जिम्मेवारी जनताकै भएकाले त्यसतर्फ चनाखो हुन उनले आग्रह गरे ।
इष्टर्न सहाराजस्ता कम्पनीको लगानीबाट मुलुक समृद्ध हुने उल्लेख गर्दै उनले भने, “यस्ता लगानीले मुलुकमा रोजगार, शिक्षा, स्वास्थ्यलगायत समग्र क्षेत्रको विकासमा मद्दत पुग्छ ।”





























प्रतिक्रिया