काठमाडौं
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले दैनिकजसो कर्मचारीहरुको सातो लिइरहेका छन् । खटाइएको कार्यालयमा नजाने कर्मचारीको जागिर नै खाइदिने सहितको चेतावनी पण्डितबाट दैनिक आइरहेको छ । तर उनको यो चेतावनीयुक्त भाषणको प्रभाव संघीय मन्त्रालयहरुका सचिव माथि परेको छैन । एउटै मन्त्रालयमा सचिव र सहसचिवहरु अड्डा जमाएर बसेका छन्, उनीहरु प्रदेश सरकारमा सचिवको जिम्मेवारी लिन तयार नै छैनन् बरु संघीय मन्त्रालयमै महाशाखा प्रमुख भएर बस्ने योजना बनाइसकेका छन् ।
निजामती कर्मचारीको सबैभन्दा माथिल्लो तहका कर्मचारीहरुको गठजोड यस्तो छ कि उनीहरुले आफू मातहतका कर्मचारीलाई पनि प्रदेशमा जाने बाटो रोकिदिएका छन् । सरकारले प्रदेशमा सचिवस्तरका कर्मचारी राख्ने व्यवस्था गरेको छ । सात नम्बर प्रदेशको मन्त्रालयको सचिव बनाएर पठाइएका एक सहसचिव धनगढी जान छोडेर अमेरिका हान्निसकेका छन् । सचिव, सहचिवहरु प्रदेशमा जान तयार नहुँदा प्रदेश सरकारले घोषणा गरेका विकास कार्यक्रम पनि सुरु हुन सकेका छैनन् ।
उल्टै मुख्यमन्त्री र प्रदेश मन्त्रीहरु सचिव र अन्य कर्मचारी खोज्दै सिंहदरबार सम्म धाइरहेका छन् । सिंहदरबारलाई गाउँ लाने बाचा गरेका मन्त्रीहरु नै अहिले सिंहदरबारमा कर्मचारी खोज्न बाध्य छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर सातै प्रदेशका मुख्यमन्त्रीहरुले सचिवसहितका कर्मचारीहरु तत्काल खटाइदिन अनुरोध गरेका छन् । प्रधानमन्त्री ओली र सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री पण्डितले समेत सचिव लगायत सबै कर्मचारीलाई खटिएको ठाउँमा तत्काल जान निर्देशन दिएका छन् । तर उनीहरु सम्बन्धित प्रदेशमा पुगेका छैनन् ।
अन्नपूर्णबाट































प्रतिक्रिया