काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय समिति आज घोषणा हुने भएको छ । गत कात्तिक १९ गते १० वटा वाम घटकहरू एकीकरण भई नेपाली कम्युनिस्ट पार्टी गठन भएको थियो।
अहिलेसम्म नेकपामा १७ भन्दा बढी घटक र व्यक्तिहरू समाहित भएका छन्। पार्टी एकता भए पनि सबै पार्टीका अन्य कमिटी र जनवर्गीय संगठनहरू एक भने भएका छैनन् ।
मंगलबार केन्द्रीय समितिको घोषणासँगै भएपश्चात केन्द्रीय सदस्यहरूको शपथ ग्रहण हुने नेकपाले बताएको छ । शपथ ग्रहण कार्यक्रम दिउँसो साढे १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको छ ।





























प्रतिक्रिया